काठमाडौं, चैत ३— बंगलादेशमा यही मार्च २७ देखि अप्रिल ३ तारिखसम्म हुने एसिसी इमर्जिङ नेशन कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता अन्तर्गत नेपालको पहिलो खेल मार्च २७ मा टेस्टराष्ट्र पाकिस्तानविरुद्ध हुनेछ । यस्तै दोस्रो खेलमा नेपालले मार्च २८ मा बंगलादेशसँग भिडन्त गर्नेछ भने तेस्रो तथा अन्तिम खेलमा मार्च ३० मा हङकङसँग खेल्नेछ । अप्रिल १ मा सेमिफाइनल र अप्रिल ३ मा फाइनल खेल हुनेछ ।

इमर्जिङ कपमा चार टेस्टराष्ट्र सहित आठ देशले सहभागिता जनाएका छन् । जसमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका २३ वर्षमुनिको टोलीले खेल्ने छन् । सो प्रतियोगिताको लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । स्वास्थ्यका कारण नियमित कप्तान पारस खड्का नखेल्ने भएपछि ज्ञानेन्द्र मल्लको नेतृत्वमा टोलीको घोषणा गरिएको हो।

टोलीमा शरद भेषवाकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दिपेश श्रेष्ठ र दिलिपनाथ रहेका छन् । वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्र कुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल रहेका छन् । शक्ति गौचन र बसन्त रेग्मीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुसन भारी, दिपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो ।

26.12¡ÆC