पञ्चकोशी अन्तरगृह परिक्रमा पछि मध्यमा मिथिला सम्पन्न

फाल्गुन २९, २०७३ मा प्रकाशित | 633 views

जनकपुरधाम ।
मिथिलाको १५ दिने मध्यमा मिथिला परिक्रमा पञ्चकोशी अन्तरगृह परिक्रमा पछि आज सम्पन्न भएको छ ।

१५ दिनसम्म नेपाल भारतको १५ धार्मिक तीर्थ स्थलमा मिथिला विहारी तथा किशोरी जीको डोला संगै हजारौ भक्तजनहरु भजन कीर्तन सहित खाली खुट्टा हिडेर तय गर्ने मिथिला परिक्रमाका सहभागिहरु आज जनकपुरको चारै तीर रहेको अन्तरगृह परिक्रमा सकेर आ–आफ्नो घर फर्केका छन् ।

मध्यमा मिथिला परिक्रमामा सहभागि नभएका व्यक्तिहरु पनि पञ्चकोशी अन्तरगृह परिक्रममा सहभागि हुने भएकाले आज अवेर विहान देखि नै लाखौं तीर्थयात्रीहरु सहभागि भएर भ्रमण गरेका छन् ।

नेपाल भारतको गरेर १ सय ३३ किलोमिटरको दूरी तय गरेर परिक्रमाका सहभागिहरु हिजो मात्र जनकपुरधाम आएर रात्रि विश्राम गरि आज विहान देखि अन्तरगृह परिक्रमा गरेर गरेका छन् । मध्यमा मिथिला परिक्रममा सहभागि नभएका व्यक्तिहरुले पनि अन्तरगृह परिक्रमा गर्नाले विषेश फल प्राप्ति हुने भएकाले निक्कै सहभागिता रहेका थिए ।

परिक्रममा सहभागि भएका तीर्थयात्रीहरुलाई विभिन्न सामाजिक संघ संस्थाहरुले निःशुल्क शिविर मार्फत विभिन्न प्रकारको सेवा र सुविधाहरु विभिन्न भागहरुमा प्रदान गरेका थिए ।

१५ दिने मध्यमा मिथिला परिक्रममा यस पटक नेपाल भारतको विभिन्न भागवाट हजारौं साधुसन्त, महन्थ, भिक्षु भिक्षुणी, योगी, सन्यासीहरु सहभागि रहेका थिए । यस पटक अवस्था अनुकूल रहेको वेलामा फागुन १४ गते परिक्रमा शुरु भएका कारणले व्यापक सहभागिता रहेका थिए ।

प्रत्येक पर्ष फागुन कृष्णपक्ष चतुर्थी तिथिवाट शुरु भएको मध्यमा मिथिला परिक्रमा फागुन पूर्णिमाका दिन आएर सम्पन्न हुने धार्मिक मान्यता रहेको छ ।

तँराई मधेशको जिल्लाहरुमा परिक्रमा सकेको भोली पल्ट मात्र होली खेल्ने चलन रहेकाले सोमवार मात्र होली रहेको छ । जनकपुर सहित तँराई मधेशको जिल्लाको बजारमा होलीको रङ्ग तथा गुलाल किन्नेहरुको भिड रहेपनि विगत वर्ष जस्तो देखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web