नेपालमा हालसम्मकै सबैभन्दा धेरै रेमिट्यान्स भित्रियो, कुन–कुन देश बाट आउँछ सबैभन्दा धेरै ?

फाल्गुन २६, २०७३ मा प्रकाशित | 1994 views

काठमाडौं,फागुन २६ । नेपालमा विश्वका करिब ३७ देशबाट भित्रने रेमिट्यान्सको परिमाण ७ खर्ब ३३ अर्ब रूपैयाँ नाघेको छ । यो हालसम्मकै उच्च हो । विश्व बैंकले हालै प्रकाशित गरेको ‘माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट–२०१६’को पछिल्लो अद्यावधिक स्थितिअनुसार गत वर्ष नेपालमा ६ अर्ब ९२ करोड अमेरिकी डलरबराबरको रेमिट्यान्स भित्रिएको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ३२ प्रतिशत हो ।

बैंकका अनुसार सन् २०१५ मा ६ अर्ब ७३ करोड अमेरिकी डलरबराबरको रेमिट्यान्स भित्रिएकोमा सन् २०१४ मा ५ अर्ब ८८ करोड ९० लाख डलरबराबरको रेमिट्यान्समात्र भित्रिएको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढ्दै गएको र विदेशस्थित श्रम गन्तव्यमा उनीहरूले पाउने पारिश्रमिकमा भएको वृद्धिसँगै नेपाल भित्रने रेमिट्यान्सको अनुपात बढेको हो । बैंकको आप्रवासन तथा रेमिट्यान्स विभागको विश्लेषणअनुसार नेपालजस्ता विकासशील मुलुकमा ७० प्रतिशत मात्र रकम औपचारिक अर्थात बैंकिङ च्यानलबाट भित्रन्छ भने ३० प्रतिशत रकम अनौपचारिक माध्यम, हुन्डी, ह्यान्डक्यारी आदिबाट भित्रन्छ ।

नेपाल राष्ट्र बैंकले भने हाल करिब १० प्रतिशत रकममात्र अनौपचारिक माध्यमबाट भित्रने गरेको जनाएको छ । हालै गरेको एक अध्ययनअनुसार वैदेशिक रोजगारीमा गएका व्यक्तिले वार्षिक औसत ६ पटक रेमिट्यान्स पठाउने गरेका छन् । वैदेशिक रोजगारीमा गएकामध्ये ९१ प्रतिशतले बैंक तथा वित्तीय संस्था र रेमिट एजेन्सीमार्फत रेमिट्यान्स पठाउने गरेको दाबी राष्ट्र बैंकको छ । राष्ट्र बैंककै अनुमानलाई आधार मान्दा पनि नेपालमा भित्रने रेमिट्यान्स ८ खर्ब नाघ्छ ।

यद्यपि, केन्द्रीय बैंकको दाबी र वास्तविक रेमिट्यान्स प्राप्तिबीच निकै ठूलो अन्तर देखिन्छ । नेपालको आकर्षक श्रमगन्तव्य मानिएको दक्षिण कोरियाबाट वार्षिक ४५ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रनुपर्नेमा केबल २ अर्बमात्र औपचारिक माध्यमबाट भित्रिइरहेको छ । इजरायल, बेलायत, हङकङ र अष्ट्रेलियाबाट वार्षिक ३० अर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स हुन्डीबाट भित्रने गरेको वैदेशिक रोजगार मामिलाका जानकारहरूको अनुमान छ । सरकारद्वारा औपचारिकरूपमा काममा जान प्रतिबन्ध लगाइएका अफगानिस्तान, इराक मात्र होइन, बहराइनबाट भित्रने ठूलो रकमसमेत हुन्डीबाटै भित्रन्छ ।

एसियाली विकास बैंकले गरेको अर्को अध्ययनअनुसार करिब १५ अर्ब रूपैयाँ बराबरको रकम नेपालीहरूले बिदामा आफै आउँदा वा साथीभाइ घर आउँदा ‘ह्यान्डक्यारी’ मार्फत पठाउँछन् । छिमेकी मुलुक भारतमा रोजगारीका लागि जाने नेपालीको संख्या पनि ठूलो छ, त्यहाँबाट वार्षिक २५ अर्ब रूपैयाँ भित्रने गरेको अनुमान छ ।

माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट–२०१६ अनुसार नेपालमा सर्वाधिक रेमिट्यान्स पठाउने पहिलो १० मुलुकको सूचीमा कतार पहिलो स्थानमा, साउदी अरब दोस्रो, भारत तेस्रो, यूएई चौथो, अमेरिका पाँचौ, कुवेत छैटौं, मलेसिया सातौ, बेलायत आठौं, अष्ट्रेलिया नवौ र बंगलादेश दशौं स्थानमा छन् । बैंकको अध्ययनलाई आधार मान्दा विकसित राष्ट्रहरूबाट मात्र नभइ भुटान, बंगलादेश, भियतनामजस्ता देशबाट समेत रेमिट्यान्स भित्र्याउने गरेको पाइएको छ आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web