<p>काठमाडौं,फागुन २५ – सरकारले सप्तरीको राजविराज झडपमा मारिएकाहरुको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । साथै घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय भएको छ । यो पैसा अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत उपलब्ध गराउनेछ,' मन्त्रीपरिषद्को निर्णयबारे जानकारी दिदैं स्थानीय विकासमन्त्री हितराज पाण्डेले भने।<br></p><p>उनले घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताए। यस्ता घटनामा कम क्षति पुर्याउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गर्न उच्चस्तरीय आयोग गर्ने सहमति समेत मन्त्रीपरिषद्को बैठकमा भएको उनले बताए। <br></p>
32.48¡ÆC