बौद्ध विहार संरक्षण केन्द्रको विहार निर्माणमा रुपन्देहीबाट सहयोग

फाल्गुन २१, २०७३ मा प्रकाशित | 952 views

<p>पप्पु गुरुङ्, २१ फागुन, दोधारा चाँदनी । दोधारा चाँदनी स्थित रहेको बौद्ध विहार संरक्षण केन्द्र , बुद्धनगरमा विहार निर्माण कार्यमा रुपन्देहीबाट सहयोग प्राप्त भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित रहेको बौद्ध विहार संरक्षण केन्द्र ,बुद्धनगरमा विहार निर्माणमा रुपन्देही स्थित रुपन्देही तिलोत्तोमा नगरपालिका निवासी बल बहादुर राना मगर, मान बहादुर सारु मगर र रुपसिंह गुरुङ्गको ब्यक्तीगत अनुदानमा निर्माण कार्य सुरु हुन लागेको बौद्ध विहार संरक्षण केन्द्रका पुर्व अध्यक्ष रेशम थापा मगरले जानकारी दिएका छन् । आज एक कार्यक्रम बिच विहार निर्माण सिलान्यास गरिएको बौद्ध विहार संरक्षण केन्द्र दोधारा चाँदनीका पुर्व अध्यक्ष थापाले बताएका छन् । सिलान्यास कार्यक्रममा रुपन्देही तिलोत्तोमा नगरपालिका निवासी बल बहादुर राना मगर, मान बहादुर सारु मगर र रुपसिंह गुरुङ्ग, बौद्ध विहार संरक्षण केन्द्रका पुर्व अध्यक्ष रेशम थापा मगर, बौद्ध विहार संरक्षण केन्द्रका सचिव शुशिल राना लगाएत जयकुमार लिम्बु, दिलीप थापा, आर्चरी खेलाडी होम बहादुर थापा लगाएतको उपस्थिती रहेको थियो । बौद्ध विहार संरक्षण केन्द्रको ६ कट्टा क्षेत्रमा फैलिएको जग्गामा दाताले निमार्ण कार्यमा सहयोग गरिदिने भएपछि दोधारा चाँदनीका बौद्ध धर्ममा आस्था राख्ने धर्मालम्बीहरु खशी भएका छन् । विहारको निमार्णमा एक कोठे भवन तथा एक बिश्राम स्थल निमार्ण गरिने बताईएको छ् । उक्त निमार्ण कार्यमा करिब ४ देखि ५ लाख सम्मको खर्चा आउने आकंलन गरिएको छ् । आउदो बोद्ध जयन्ती सम्म निमार्ण कार्य सम्पन्न गरि उद्धघाटन गर्ने लक्ष्य राखिएको बौद्ध विहार संरक्षण केन्द्र दोधारा चाँदनीले जानकारी दिएको छ् ।&nbsp;</p><div><br></div>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web