काठमाडौं ।
विवादास्पद संविधान संशोधन विधेयक जसरी पनि पास गराउन पहल गरिने निर्णय सत्ताधारी नेपाली कांग्रेसले गरेको छ ।

तराई केन्द्रित दल भित्रका सांसदहरुसँगको छलफलपछि काँग्रेस सभापती देउवाले जसरी पनि संविधान संशोधन गरिनुपर्ने भन्दै यसको लागि पार्टिले थप पहल गर्ने बताएका हुन् ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको छलफलमा सभापति देउवाले संविधान संशोधन प्रस्ताव पारित गराउन प्रमुख प्रतिपक्ष एमालेलाई सहमतिमा ल्याउने दाबी समेत गरेका छन् ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै देउवाले पार्टीले संविधान संशोधन पास गराउन पहल गर्ने निर्णय गरेको बताएका हुन् ।

पार्टी बैठकमा तराई केन्द्रित काँग्रेस सभासदहरुले संविधान संशोधन नभए तराईमा पार्टीले टेक्ने ठाउँ नरहने बताउँदै दवाव दिएपछि देउवाले यस्तो निर्णय गरेका हुन् ।

नेकपा एमालेसहित विपक्षी ९ दलले संविधान संशोधन प्रस्ताव पारित हुन नदिने अडान राख्दै आएका छन् ।
संशोधन विवादास्पद भएपछि यसको देशभर बिरोध भइरहेको छ । भारतीय योजना अनुसार संघियता टुक्राउने र थपघट गर्ने प्रस्ताव गरिएपछि यसको बिरोध भइरहेको छ ।

27.12¡ÆC