काठमाडौं, फागुन ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको मतदानमा बुद्धिमान तामाङले सबैभन्दा बढी मत पाएर जित हात पारेका छन् । उनले बुधबार बिहान सम्पन्न निर्वाचनको मतगणनामा केन्द्रिय सदस्यको खुलातर्फ १ हजार ९ सय २८ मत प्राप्त गरे। मंगलबारदेखि सुरु भएको मतदानमा कूल २८ सयले मतदान गरेका थिए। मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिएको थियो।

केन्द्रिय सदस्यको खुलातर्फ दोस्रो नम्बरमा विक्रम पाण्डे रहे। उनले १ हजार ९ सय २६ मत प्राप्त गरे। चर्चामा रहेकी गायिका कोमल वली १ हजार ८ सय ५७ मत सहित तेस्रो नम्बरमा रहिन् ।

केन्द्रिय सदस्य पदमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र स्वर्गीय सूर्यबहादुर थापाका दुवै छोरा पनि विजयी भए। आफ्नो पिताको आर्शिवादले मन्त्री भइसकेका यी दुवै प्रधानमन्त्री पुत्रले राम्रो मत ल्याएका थिए।

नयाँ अनुहारको रुपमा रहेका प्रेम बलायरले १ हजार ४ सय ४९ मत ल्याएर सबैलाई चकित तुल्याए। उनी नवौं नम्बरमा रहे।

कसले कति मत ल्याए ?

१. बसद्धिमान तामाङ —१९२८

२.विक्रम पाण्डे —१९२६

३.कोमल वली —१८५७

४. धवलशमशेर राणा -१७३९

५.राजेन्द्र लिङ्देलले —१६६४

६.जयन्त चन्दले — १५८९

७. सुनिल थापाले — १५५१

८. राजीव पराजुली— १५४२

९. प्रेम बलायरले — १४४९

१०. ध्रुबबहादुर प्रधान— ११८९

११. दीपक बहादुर सिंह– ११८३

१२.भुवन पाठक– ११७४

१३. गोबिन्दराज खनियाँ– ११६९

१४. राजेश गिरी– ११२८

१५. विक्रमबहादुर थापा– १०९०

१६. दिलविकाश राजभण्डारी– १०९०

१७. रवीन्द्र प्रताप शाह १०६६

१८. राजाराम श्रेष्ठ– १०५५

१९. प्रेमबहादुर भण्डारी– १०४२

२०.जगत गौचन– १०३३

27.12¡ÆC