देउवाको वचन हार्न नसकेपछि आईजीमा चन्दलाई बढुवा गर्न निधि राजी

माघ २७, २०७३ मा प्रकाशित | 721 views

काठमाडौं,माघ २७ । नेपाल प्रहरीको नयाँ नेतृत्व चयनको विषयमा विमलेन्द्र निधि आफ्नो अडानबाट पछि हट्दै जयबहादुर चन्दको पक्षमा उभिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको वचन हार्न नसकेपछि गृहमन्त्री निधीले फागुन ३ गतेदेखि रिक्त हुन लागेको नेपाल प्रहरीको महानिरीक्षक पदमा चन्दलाई बढुवा गर्ने प्रस्ताव तयार गर्न गृहमन्त्री निधिले गृहसचिवलाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीको नयाँ नेतृत्वमा चन्दलाई बढुवा गर्ने अडानमा अडिग रहेपछि डिआईजी नवराज शिलवालको पक्षमा उभिदै आएका गृहमन्त्री निधि आफ्नो अडानबाट पछि हट्न पुगेका हुन् । ‘अब आइतबार बस्ने मन्त्रिपरिषद बैठकले त्यसमाथि निर्णय गर्नेछ ।’

कांग्रेसका दुई नेताबीच ‍उत्पन्न ‍तिक्ततालाई साँघुरो बनाउन सरकारमा रहेका देउवा पक्षमा मन्त्रीहरू बालकृष्ण खाँड र प्रकाशशरण महतलगायतका नेताहरूले दुबै नेताहरूको बिचमा समन्वय गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web