पर्वतमा रोकिरहेको गाडीमा आगलागी

माघ २४, २०७३ मा प्रकाशित | 846 views

पर्वत ।
पर्वत सदरमुकाम कुश्मा बजारमा रोकेर राखिएको वसमा आगालागी भएको छ ।

सदरमुकाम कुश्मा स्थित जिरो किलोमिटरमा रोकेर राखिएको वसमा गएराती आगालागी हुँदा वस जलेर नष्ट भएको छ ।

आगालागीवाट ध १ ख ५१४ नम्बरको वसमा आगो लागेको प्रहरीले जनाएको छ ।

राती ११ वजेतिर आगो लागेको खबर गरेपछि पुगेको प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएपनि वस भने जलेर पुरै नष्ट भएको छ ।

स्थानीय रुटमा चल्ने वसमा के कारणले आगो लागेको थियो भन्ने कुरा यकिन हुन सकेको छैन ।

स्थानीय सुवास पौडेलले बस भित्रको वारिङ सट भएर आगो लागेको बताउनुभयो तर यथार्थ कुरा के हो भनेर प्रहरीले अनुसन्धान गर्ने प्रहरी नायव उपरिक्षक शेखर खनालले जानकारी दिनुभयो ।

पर्वत सदरमुकाममा कुश्मामा एकमहिना अगाडी पनि वसपार्कमा रोकिएको गाडीमा आगो लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web