नेकपा एमालेको दशौ महाधिवेशन आगामी मंसिरमा

Posted on: March 13, 2021 | views: 1118

विदुर । प्रधानमन्त्री तथा नेकपा एमाले केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटीको बैठकले दशौं महाधिवेशन आगामी मंसिरमा गर्न मिति निर्धारण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको एमालेको केन्द्रीय कमिटीले आगामी महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको केन्द्रीय कमिटी सदस्य खगराज अधिकारीले जानकारी दिनुभएको छ ।

केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष मात्रै सहभागी केन्द्रीय कमिटी बैठकले उक्त निर्णय लिएको हो ।