युरोपियन देश साईप्रसमा फेरि एक घरेलु श्रमिक महिलाको मृत्यु

Posted on: March 05, 2021 | views: 304

निकोयिा ,साईप्रस । युरोपियन देश साईप्रसमा एक नेपाली महिलाको  असमायिक निधन भएको छ । 

सोमवार विहान आकस्मीक निधन भएकी लगभग ४० बर्षिय संगिता पाण्डेको नेपालको पहिचान खुलेको छ । गैरआवासीय नेपाली सघं साईप्रसले दिएको जानकारी अनुसार मृतक पाण्डेको नेपाल घर नुवाकोट जिल्लाको  बिदुर नगरपालिका वडा न. १ पाण्डेगाऊ रहेको जनाएको छ । सघंका सचिव पुरन मगरका अनुसार  नेपाली राजदुतावास ईजरायल , नेपाली होनरी कन्सुलेट अफ साईप्रस र गैरआवासीय नेपाली सघं साईप्रसले विहिवार पहिचान खुलेपछि  मृतक पाण्डेको परिवारलाई जानकारी गराईएको बताउनु भयो । सचिव मगरले मृतक पाण्डेको शव साईप्रसको कानुनी प्रक्रिया पुरा गरेपछि नेपाल पठाउने बताउदै नेपाली समुदायहरुलाई सुरक्षा प्रदान गर्ने साईप्रस प्रसासनलाई विशेष धन्यबाद दिदै अगामी दिनमा सारा नेपालीहरु आ आफनो परिवारहरुसगं नियमित सम्पर्कमा रहन आग्रह गर्नु भएको छ ।  


मृतक पाण्डे अवतार ह्युमान  रिर्सोस प्रा.ली.  काठमाडौबाट २०१५ साल  नोमेम्बर २९ तारिखका दिन घरेलु  कामदारको रुपमा  ३०९ युरो मासिक तलबमा आएको सचिव मगरले जानकारी दिनुभयो । कोरोनाले गर्दा धेरै नेपाली समुदाय लगाएत साईप्रसकै नागरिकहरुको जागिर गुमेकोले केही समय धैर्यधारण गरि आ आफनो जिविकोपार्जन गर्नका लागि मगरले अनुरोध गरेका छन । आफुहरु विदेशमा कहा कुन ठाउमा बसोबास गरिरहेका छौ सबै ठेगानाहरु आ आफनो परिवार , नेपाली सघंसस्थाहरु , नेपाली कन्सुलेटमा जानकारी दिनका समेत एनआरएनए महासचिव कृपा थापाले आग्रह गर्नुभएको छ । जसले गर्दा केही अपरझट घटना भएको खण्डमा पुर्ण जानकारी लिन सहज हुने आपेक्षा लिएको महासचिव थापाको भनाई रहेको छ ।  महासचिव थापाले आ आफनो स्वाथ्यका बारेमा पनि ख्याल गर्नका लागि सबैलाई अनुरोध गर्नु भएको छ । 


   साईप्रसमा कुनै पनि कहि  कतै पनि जुनसुकै समास्या परिआएमा नअत्तिकन गैरआवासीय नेपाली सघं साईप्रस , नेपाली कन्सुलेट मा  सम्पर्क गर्नहुन सबैमा अनुरोध गरिएको एनआरएनए साईप्रसका प्रमुख संरक्षक  सुबास मल्लले  अनुरोध गर्नुभएको छ । 


 साईप्रसमा दिनहु भैरहेको विभिन्न किसिमका घटनाहरुलाई न्यनिकरण गर्नका लागि यहा रहेका सारा समाजिक ,जातिय , राजनितिक सघंसस्थाहरु एकआपसमा हातेमालो गर्दै अगाडी बढनुपर्ने एनआरएनए साईप्रसकी अध्यक्ष दिलकुमारी तिलिजापुनले बताउनु भएको छ । अध्यक्ष पुनले आफुहरु सारा नेपाली समुदायहरुको अवाज बुलन्द गर्नका लागि यहाका समाजिक सघंसस्थाहरुको सहयोग , सहकार्य अत्ति आवश्यक रहेको बताउदै  बर्षेनी नेपाली समुदायहरुको यहा मृत्युदर बढदै जानु दुख ब्यक्त समेत गरेकी छिन ।