रामशरण महत नुवाकोट जाँदा कार्यकर्तामाथि ४७ राउन्ड गोली र अश्रुग्यास

माघ १३, २०७३ मा प्रकाशित | 956 views

काठमाडौं,माघ १३ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले नुवाकोटबाट प्रस्ताव गरिएको स्थानीयतहलाई आफूले परिवर्तन गराएको स्वीकार गरेका छन् । जिल्लातहबाट प्रस्ताव गरिएको स्थानीय तहप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका लिखु गाउँपालिका बचाऊ सङ्घर्ष समितिको ११ औँ दिनको बन्दको क्रममा कडा सुरक्षाबीच नेता महतले जनताको आग्रहमा आफूले परिवर्तन गरेको बताए ।

बन्दकर्ताहरुले ठप्प बनाउँदै आएको खानीगाँउको ढिकुरे बजारमा आयोजित काङ्ग्रेसको जागरण अभियान असफल बनाउन हजारौँ अन्दोलनकारीले विरोध जारी राखे पनि सुरक्षा घेराभित्र गरिएको कार्यक्रममा महतले आफ्नो निर्वाचन क्षेत्र टुक्राउन नमिल्ने भएकाले केन्द्रबाट परिवर्तन गराएको स्वीकारे ।

“म यहाँको जनप्रतिनिधि हुँ, मेरो निर्वाचन क्षेत्र कस्तो बनाउने भन्ने अधिकार मेरा पनि छ”, महतले भने, “जिल्लामा मेरो कुरा नसुनेपछि मैले केन्द्रबाट परिवर्तन गराएको हो ।”

जिल्लाबाट प्रस्ताव गरेको लिखु गाँउपालिका केन्द्रबाट गायब बनाएपछि अन्दोलनस्थलमै महतको कार्यक्रममा अवरोध पुर्‍याएको भन्दै नुवाकोट प्रहरीले ४७ थान रबरको गोली र २२ थान अश्रुग्याँस प्रहार गरेको थियो ।

अश्रुग्यास र गोली लागेर गाउँले घाइते भए पनि अहिलेसम्म एकीन विवरण आएको छैन । रामशरणले सम्बोधन गरेको कार्यक्रममा करिब ५० जना सहभागी थिए भने काठमाडौँबाट समेत लगिएका सशस्त्र प्रहरीसहित करिब ४ सय जना सुरक्षाकर्मी परिचालित गरिएको थियो ।

पूर्वअर्थमन्त्रीको कार्यक्रममा अवरोध भएकाले स्थिति नियन्त्रणमा लिन गोली प्रहार गर्न बाध्य भएको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताए ।

काठमाडौँबाट आएको सशस्त्र प्रहरीले सिसाको गोली प्रहार गरेको थियो । डिएसपी कँडेलले भने सशस्त्रको कारबाहीबारे आफूलाई थाहा नभएको बताए ।

लिखु गाँउपालिका परिवर्तनमा गराउन भूमिका रहेको भन्दै पूर्वअर्थमन्त्री समेत रहेका महत र राज्य पुनर्संरचना आयोगविरुद्ध स्थानीयवासीले बुधवार ११ औ दिन पनि अनिश्चितकालीन बन्द जारी राखेका छन् । (कारोबार दैनिक)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web