नुवाकोट कांग्रेस जिल्ला कार्यसमितिले भन्यो,‘आन्दोलनमा हाम्रो संलग्नता छैन्’

माघ ११, २०७३ मा प्रकाशित | 726 views

काठमाडौं,माघ ११ । नेपाली कांँग्रेस नुवाकोट जिल्ला कार्यसमितिले नुवाकोटमा स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदनका विरुद्धमा हाल जारी रहेको आन्दोलनमा आफ्नो कुनैपनि संलग्नता नरहेको स्पष्ट पारेको छ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यसमितिले यस्तो जिकिर गरेको हो। समितिले विगत ९ दिन देखिको बन्दको मार खेप्दै आएको नुवाकोट जिल्ला स्थानीय तह पुर्नसंरचना आयोगले आधिकारिक खाका सार्वजनिक नभएको अवस्थामा माओवादी केन्द्र जिल्ला कार्यसमितिले गरिरहेको आन्दोलनमा आफ्नो पार्टीको संलग्नता नरहेको जानकारी स्पष्ट पारेको हो।

नुवाकोट जिल्लाका खानीगाउँ, चौडाँडा र लिखुगाउँलाई मिलाएर लिखु गाउँपालिका बनाउने निर्णय भएको र पछिल्लो समयमा लिखुगाउँलाई अलग बनाएको समाचार आएको आधारमा आन्दोलन भैरहेको कार्यसमितिले दाबी गरेको हो।

नेपाली काँग्रेसका युवा नेता रमेशकुमार महतले नुवाकोटबाट स्थानीय राज्य पुर्नसंरचनाले दिएको खाँकालाई नमान्ने हो भने ७५ जिल्लाामा आगो बल्ने चेतावनि दिए । उनले भने,‘नुवाकोटमा जारी आन्दोलनले देशभरि नै सकारात्मक सन्देश दिँदैन्, अर्कोतर्फ संघीयताको कार्यान्वयनको बिरोधमा उभिएको ठहरिन्छ, हाम्रो पार्टीको आधिकारीक निर्णय भएको छैन्, कोही नेता त्यहाँको जनप्रतिनिधिको हैसियतामा बोल्दैमा काँग्रेसको संलग्नता रहेको भ्रम नपरोस्।’

महतले अघि थपे,‘जनजीवन अस्तव्यस्त छ, बिद्यालय बन्द छन्, सडक अबरुद्ध गरेर बस्नुभएको छ, यदि तत्काल बन्द फिर्ता लिएर जनजीवन सामान्य बनाउने काम गरिएन भने हामी त्यसको अवज्ञा गर्नेछौँ।’ त्यस्तै कार्यक्रममा बैकुण्ठ मिश्रले जिल्लामा भैरेहको अनैतिक क्रियाकलापको विपक्ष कुनैपनि काम गर्न पछि नपर्ने भन्दै तत्काल बन्द फिर्ता लिएर शान्तिपूर्ण तरिकाले आफ्ना अधिकारहरूको लागि लड्न आग्रह गरे ।

उनले भने,‘आफ्ना अधिकार प्राप्त गर्दा खेरि अरुका अधिकारलाई कुल्चिनु हुँदैन, यो लोकतन्त्रको विधि विपरितको कार्य हो।’ नेपाल महिला संघ नुवाकोटकी अध्यक्ष कल्पना नेपालीले सडक बालेर समस्याको समाधान नहुने भन्दै बन्दकर्तालाई वार्ता र छलफलको माध्यमबाट निकास खोज्न आग्रह गरिन्।

उनले भनिन्,‘बन्दको कारण निर्धो लास जल्न पाएको छैन्, तरकारी सडेको छ, खानेकुराहरूको अभाव सिर्जना भएको छ, जुलुस निकालेर टायर बालेर जनजीवन प्रभावित पार्ने काम कसैकोलागि पाच्य हुँदैन्।’ कार्यक्रममा अर्जुन न्यौपाने, धु्रव श्रेष्ठ, प्रेम रिमाल, समन गिरी, उत्तम पाठक लगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web