मलेसियाका नेपाली ढांटेका प्रभू शाहले फेरी उहि कुरा दोहोर्याए, मलेसियाली टोलि नेपाल आउँदै

माघ ३, २०७३ मा प्रकाशित | 1437 views

क्वालालम्पुर ।
२०७१ साल चैत ६ गते नेपाली राजदूतावासले आयोजना गरेको भेलामा नेपाली श्रमीमका पिडा सुनेपछि आफु गंभिर भएको भन्दै समस्या समाधान हुने आश्वासन दिएका सांसद एवम् अन्तर्राष्ट्रिय श्रम सम्वन्ध समितिका सभापति प्रभु साहले फेरी उहि कुरा दोहोर्याएका छन् ।

यहाँ भएको एक भेलामा करिव २ घण्टा नेपालीका समस्या सुनेपछि उनले हामीले गम्भीरतापूर्वक लिएका छौं भन्दै जवाफ दिएका छन् । उनले २ वर्ष अघि समेत यहि जवाफ दिएका थिए । तर यसबिचमा उनको गम्भिरताले कुनै काम नगरेको भन्दै मलेसियामा रहेका नेपालीहरुले आक्रोस पोखेका छन् ।

आइतबार नेपाली दूतावास मलेसियाले आयोजना गरेको अन्तरक्रियामा साहले भने-'सबै मिलेर नेपाली श्रम बजारलाई ब्यवस्थित र मर्यादित बनाउनु पर्छ ।’

श्रमिकहरुले कमाएको रेमिट्यान्सले देश चलिरहेको उल्लेख गर्दै उनले श्रमिकहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिए । दूतावासको सेवा प्रवाह कस्तो छ भनेर बुझ्न आएको हुँ । बाहिरबाट डिमाण्ड गएकाहरुकोबारेमा दूतावासमा त्यति धेरै जानकारी नहोला तर दूतावासबाटै प्रमाणिकरण भएकाहरुमा कुनै पनि हालतमा गडबडि हुन हुँदैन । डिमाण्ड स्विकृत गर्नु अगाडि ध्यान दिनु जरुरी छ । उनले दुतावासमाथि जिम्मेवारी थोपर्दै बच्ने प्रयास गरे । तर दुई बर्षअघि आफुले नेपालमा गर्नुपर्ने समस्या समाधानको लागि कामबारेमा भने केही बोलेनन् ।

कार्यक्रममा मलेसियाकालागि नेपाली राजदूत डा.निरन्जनमान सिं बस्न्यातले मलेसिया र नेपालबीच श्रम सम्झौताको चरणमा प्रवेश गरिरहेको र मलेसियाको एक टोली केहि दिनमा नेपाल जाने जानकारी दिए ।

फ्री भिसा फ्री टिकट भनिए पनि म्यानपावर र दलालहरुले मोटो रकम लिइरहेका छन् त्यसलाई सबैले रोक्नुपर्छ भनेका माओवादी नेता समेत रहेका साहले लिइरहेको जान्दा जान्दै किन रोक्न नसकेको र कारवाही नभएको भन्नेबारे भने मुख खोलेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web