तपाईंको कोही आफन्त विदेशमा अलपत्र परेका छन् ? कन्सुलर सेवा अब अनलाइनमा

पुस २६, २०७३ मा प्रकाशित | 593 views

<p>काठमाडौं,पुस २६ । तपाईंको कोही आफन्त विदेशमा अलपत्र परेका छन् ? कोही आफन्तको मृत्यु विदेशमा भएको छ र शव झिकाउनु पर्नेछ ? वा, विदेशमा मृत्यु भएकाको क्षतिपूर्ति तथा बिमा रकम हकदारलाई दिलाउने प्रक्रिया सुरु गर्नुपर्नेछ ? यी सबै कार्यको लागि सरकारसँग सहयोग माग्न अब सेवाग्राहीले काठमाडौं धाइरहनु पर्नेछैन । इन्टरनेट सुविधा भए सेवाग्राहीले आफ्नै घरमा बसेर यो सेवा उपयोग गर्न सक्छन् । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले छिटै कन्सुलर सेवालाइ अनलाइनमार्फत उपल्ब्ध गरोउने तयारी गरेको खबर आजको नागरिकमा छ ।</p><p>कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्रराज भण्डारीले भने ‘अहिले हामी अनलाइन सेवाको आन्तरिक रुपमा परीक्षण गरिरहेका छौं । परीक्षणका क्रममा देखिएका समस्या सच्चाउने काम भैरहेको छ । केही दिनभित्रै सेवाग्राहीका लागि यो सेवा अनलाइनमा उपलब्ध गराइनेछ ।’<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web