रंगमञ्चका पुराना कलाकार बिष्णु भक्त फुयाँलको निधन

पुस १९, २०७३ मा प्रकाशित | 927 views

काठमाडौं,पुस १९ । रंगकर्मी विष्णुभक्त फुयाँलको निधन भएको छ ।राष्ट्रिय नाच घर जमलमा मञ्चन भइरहेको महर्षि याज्ञवल्क्य नाटकको संवाद बोल्दाबोल्दै मञ्चमै ढल्न पुगेका फुयाँलको केहीबेर अघि काठमाडौँको वीर अस्पतालमा निधन भएको हो ।

टेलिचलचित्र तोतो सत्यमा ‘योर माई लभ बा’का रुपमा चर्चित भएका उनको राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दा गर्दै थिए । मञ्चमै ढल्न पुगेका फुयाँलको अस्पताल लगिएको केहीबेरमै उनलाई मृत घोषणा गरेको हो ।

फुयाँल लामोसमयदेखि सुगर र युरिक एसिडबाट पीडित थिए । झन्डै तीन  दसक देखि अभिनयमा क्रियाशिल फुयांलले दर्जनौ फिल्म तथा टेलीफिल्ममा समेत अभिनय गरि सकेका छन् ।  उनि कुसुम नाट्य समूहका अध्यक्ष समेत रहेका थिए   फुयाँलको दुई छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web