अनुसन्धान विभागका कर्मचारीः तलब सरकारको, सेवा हाकिमको

पुस १६, २०७३ मा प्रकाशित | 791 views

<p>काठमाडौं,पुस १६ । राज्यका लागि महत्वपूर्ण सूचना संकलन गर्न भर्ना भएका राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु हाकिमको घरमा घरेलु कामदारका रुपमा काम गर्दै आएका छन् । सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै विभागका हाकिमहरुले गुप्तचरलाई आफ्नो व्यक्तिगत कामदार बनाउँदा संगठन नै कमजोर बन्न पुगेको छ ।<br></p><p>विभागको प्रमुखबाट अवकाश पाएको आठ वर्ष भइसक्दा पनि देवीराम शर्माले सइ रामनाथ चौधरीलाई घरेलु कामदारका रुपमा राखेका छन् । सिपाही देखि नै शर्माको घरमा वसेका चौधरी अहिले सइमा बढुवा भइसकेका छन् । &nbsp;चौधरीजस्तै विभागमा धेरै जना सरकारको तलब खाएकाहरुलाई हाकिमहरुले घरेलु कामदारका रुपमा राखेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । विभागका प्रमुख दिलिप रेग्मी र एआइजीहरुले समेत तल्लो तहका कर्मचारीलाई आफ्नो घरको काममा लगाउने गरेका छन् ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web