विरोध प्रदर्शनमा अनिवार्य उपस्थित हुन कार्यक्रतालाई एमालेको निर्देशन

पुस १३, २०७३ मा प्रकाशित | 840 views

काठमाडौं,पुस १३ ।  एमालेले संविधान संशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते काठमाडौँमा विपक्षी दलको आयोजनामा हुने विरोध प्रदर्शनमा उपत्यकामा रहेका आफ्ना सबै सङ्गठित सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । सरकारद्वारा अघि सारिएको संविधान संशोधनसम्बन्धी प्रस्ताव संविधान, जनभावना र राष्ट्रिय एकता, सामाजिक सद्भावविरोधी समेत रहेको निष्कर्षसहित उक्त प्रस्तावको विपक्षमा रहेका एमाले सहितका नौ राजनीतिक दलले विरोध प्रदर्शनको तयारी गरेका हुन् ।

विरोध प्रदर्शनलाई संयोजन गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको बुधबारको बैठकले आफ्ना उपत्यकामा रहेका सबै सदस्य सडकमा उतार्ने योजना बनाएको हो । उपत्यकामा एमालेका ५० हजार सदस्य रहेको बताइन्छ । प्रदर्शनका लागि व्यापक जनसहभागिता गराउन आन्तरिक बैठकको समय निर्धारण र तराईबाट समेत कार्यकर्ता राजधानी ओसारिने महासचिव पोखरेलको सचिवालयले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web