अनुगमनको सुइँको पाएपछि हाकिमहरुकाे भागाभाग

पुस १२, २०७३ मा प्रकाशित | 854 views

काठमाडौं,पुस १२ । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिका सदस्य सोमबार एकान्तकुनास्थित सवारीचालक अनुमतिपत्र कार्यालय बागमती पुग्दा कार्यालय प्रमुख भेटिएनन् । टोली एकान्तकुनामा रहेका यातायात व्यवस्था कार्यालय र समस्याबारे बुझ्न सोमबार बिहान ११ बजेतिर कार्यालय पुगेका थियो । त्यतिबेला सवारी चालक अनुपतिपत्र कार्यालयका प्रमुखले कुलेलाप ठोकिसकेका थिए । सुशासन समिति अनुगमनका लागि आउने जानकारी हुँदाहुँदै पनि सवारी चालक अनुमति कार्यालयका प्रमुख तेजनारायण यादव कार्यालयबाट बाहिरिएको समितिका सभापति मोहनसिंह राठौरले वताए ।

टोलीले कार्यालयमा अत्यन्तै अस्तव्यस्ता फेला पार्‍यो । कार्यालयको नाम र छाप नै नभएको रसिद सेवाग्राहीलाई दिएको समेत भेटियो । यहाँ ठूला सवारीको दर्ता, लाइसेन्स दिने, खारेज गर्नेलगायतको काम हुने गर्छ । आजको राजधानी दैनिकमा समाचार छ । बिचौलियाको बिगबिगी हुने सो कार्यालयमा सेवाग्रार्हीले निकै दुख पाउने गरेको गुनासो गर्दै आएका छन् । कार्यालयमा सेवाग्राहीको भीड, अस्तव्यस्त कार्यप्रणाली देख्दा कुनै मेलामा पुगेजस्तो अनुभव भएको सुशासन समितिका सांसदहरुले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web