<p style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px;">पप्पु गुुरुङ्ग, दोधारा चाँदनी, मंसिर २७ – आध्यात्मिक शान्ति तथा भानु बहुमखी क्याम्पसको अक्षय कोष निर्माणका हुन लागेको दोधारा चाँदनीमा भोली देखि हुने महायज्ञको तयारी पुरा भएको छ । महायज्ञ अबधिभर प्रमुख बाचक पण्डित दीनबन्धु पोखरेलको मुखार विन्दबाट कथा बाचन गर्ने कार्यक्रम रहेको मुल आयोजक समितिले जानकारी दिएको छ् ।
<p style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px;">उक्त अवसरमा भोली देखि हुने महायज्ञको तयारीका बारेमा जानकारी गराईएको थियो । भोली मंगलवार बाट सुरु हुने महायज्ञ पौष ५ गते सम्म चल्ने छ । महायज्ञको तयारी स्वरुप भोली बिहान ११ बजे मिनेट जांदा कलश यात्राबाट सुरु गरिने छ् । बिभिन्न झाँकी सहित दोधारा चाँदनीका बिभिन्न स्थानमा शोभा (कलश) यात्रा गरिने भानु बहुमुखी क्याम्पसका अध्यक्ष राजिब खड्काले बताउनु भएको छ ।
<p style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px;">भोली शोभा यात्राको तयारी पनि पुरा भएको छ । विभिन्न सांस्कृति भेष भुषा सहित झाकी जुलुसको शोभा यात्रा विहान ११ बजे साबिकको दोधारा र चाँदनी गाबिस क्षेत्रबाट सुरु हुने छ । बाबाथान बजार, हेल्थपोष्ट बजार तथा चाँदनी बजार सम्मको परिक्रमा गरेर महायज्ञ स्थलमा पुग्ने छ ।
<p style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px;">यात्रामा शिक्षक, बिद्यार्थी, राजनितिककर्मी, शिक्षा प्रेमी, धर्मप्रेमीको बाक्लो उपस्थितीको तयारी भईरहेको बताईएको छ् । शोभा यात्रा पश्चात २ बजे भव्य कार्यक्रमका बिच मन्त्री लेखकद्धारा महायज्ञको उद्घाटन गरिने छ । महायज्ञमा विविध धार्मीक कार्यक्रमहरु ह्ुने छन् । जसमा तुला दान, भुमी दान, अन्न दान, नगद दान गर्न सकीने छ ।
<p style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px;">यस्तै महायज्ञमा कलश राख्न सकीने छ भने व्रतबन्ध, चौरासी पुजा, देविदेवताको लागी संकल्प सहित यज्ञ मण्डपमा फोटो स्थापना, विवाह, ग्रह शान्ति लगायतका धार्मीक कार्य ह’ने महायज्ञ मुल आयोजक समितिका संयोजक जंग बहादुर चन्दले जानकारी दिए । महायज्ञ आयोजक मुल समितिले महायज्ञ उद्घाटन कार्यक्रम एवं प्रवचन कार्यक्रममा उपस्थितिका लागी सम्पुर्ण भक्तजनहरुमा अनुरोध गरेको छ ।
<p style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px;">बिशिष्ट अतिथीमा सभासद समेत आउने कार्यक्रम तय भएको समेत बताईएको छ् । कञ्चनपुर लगाएत भारतिय आसपासका क्षेत्रका श्रद्धालुु भक्तजनहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । महायज्ञ मल समारोह समितिले आज अबेर साँझ तयारी पुरा भएको जानकारी दिएको हो । २०६४ सालमा चन्दा संकलनबाट भानु बहुमुखी क्याम्पस स्थापना भएको हो । क्याम्पसको भौतिक पुर्वाधार विकास निर्माण गर्न र विद्यालय सञ्चालनका लागि आर्थिक सहयोग जुटाउनका लािग महायज्ञ गर्न थालिएको धनधान्यञ्चल महायज्ञ मुल आयोजक समिति सल्लाहकार संयोजक बेल बहादुर रानाले बताए । क्याम्पसमा विपन्न र अति विपन्न वर्गका बालबालिका अध्ययनरत छन् । हुने खानेका छोरा, छोरी सुविधा सम्पन्न नीजि विद्यालयमा पढ्ने तर विपन्न वर्गका छोरा, छोरी सरकारी विद्यालयमा पढ्नुको कारण सरकारी विद्यालयमा भौतिक सुविधा कम भएकाले हो भन्ने महसुस गरेका स्थानीय बासिन्दाले महायज्ञ गरेर श्रोत जुटाउने प्रयत्न गरेको हो ।
<p style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px;">महायज्ञलाई सफल पार्न विभिन्न समिति, उपसमिति गठन भएका छन्, भने स्थानीय बासिन्दा अहोरात्र खटिएका छन् । १० वटै वडाका साथै सिमावर्ती भारतिय क्षेत्रका श्रदालुलाई विभिन्न कार्यक्रम गरेर दानविर र भक्तजनलाई आमन्त्रण गरिएको छ । महायज्ञबाट करिब रु. ३ करोड रपैया संकलन गर्ने लक्ष्य लिइएको बताउदै अध्यक्ष खड्काले त्यस क्रममा रु. २० लाख जति खर्च हुने अनुमान गरिएको जानकारी दिए ।
17.17¡ÆC