३० कार्तिक, चितवन ।
हिजो दिउसो बिरामी भएर मरेको भैसीलाई काटेर बेच्ने उद्धेश्यले आफ्नै मासु पसलमा लगी गाडीबाट झार्न लागिएको अबस्थामा मासु पसलका संचालक सुनील कुमाल पक्राउ परेका छन। ।

भ.उ.न.पा. ८, गौरीगंज का दण्डपानी पोख्रेलको भैसी बिरामी भई मरेको थियो । सो भैसीलाई खाडलमा खनी पुर्न पठाइएको थियो ।

तर सुनील कुमालले भैसीलाई खाडलमा नपुरी ना.२ च. ६९०३ को गाडीमा लगी झार्न लागेको अबस्थामा खड्काकै पसलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

बजार अनुगमन सहितको प्रहरीले खड्कालाई नियन्त्रणमा लिई कार्वाही शुरु गरेको छ भने मरेको भैसीलाई खाडल खनेर पुरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

20.71¡ÆC