सहरी बिकास मन्त्री भन्छन्-‘सहमतिमा छिट्टै संविधान संशोधन’

कार्तिक ३०, २०७३ मा प्रकाशित | 754 views

३० कार्तिक, विराटनगर ।
सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले मधेशी मोर्चासहितको सहमतिमा छिट्टै संविधान संशोधन हुने बताउनु भएको छ ।

विराटनगरमा प्रेस युनियन मोरङले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले औचित्यका आधारमा संविधान संशोधनको तयारी सरकारले गरिरहेको बताउनु भएको हो ।

‘दलहरुबीच निश्चित समयसीमा भित्रै ३ वटा निर्वाचन गर्नुपर्ने बाध्यता छ,’ केसीले भन्नुभयो, ‘जसका कारण पनि संविधान संशोधनमा सबैले सहयोग गर्नुपर्छ ।’

अन्तरिम संविधान २०६३ कै सेरोफेरोमा संविधान संशोधनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । अहिले बाहिर आएको अंगीकृत नागरिकलाई राष्ट्र प्रमुख या अन्य संवैधानिक निकायको माथिल्लो तहमा पुग्ने अधिकार दिने विषयमा कुनै सहमति नहुने र कांग्रेसले नमान्ने केसीको धारणा थियो ।

राष्ट्रिय भाषा आयोगले गर्ने सिफारिसका आधारमा नेपालमा बोलिने भाषाहरुलाई राष्ट्र भाषाको मान्यता दिइने र नेपाली भाषा नै राष्ट्रिय भाषा हुने बताउँदै केसीले हिन्दी भाषाको विषयमा पनि सोही आधारमा निर्णय गरिने बताउनु भयो ।

सहरी विकासमन्त्री केसीले ४२ प्रतिशत जनसंख्या सहरमा भएपनि अहिलेका महानगरपालिका तथा नगरपालिकाले जनतालाई न्यूनतम सूविधा दिन नसकिरहेको बताउनु भयो । यसका लागि तत्कालै सरकारले राष्ट्रिय सहरी विकास रणनीति बनाउने तयारी गरेको बताउनु भयो ।

सोही रणनीति अनुसार जनता आवास कार्यक्रम पनि लागू हुने र २० हजार निम्न आर्थिक अवस्था भएका जनतालाई घर हस्तान्तरण गरिने बताउनु भयो । यस्तै सहरको विकासका लागि छाता प्राधिकरण ऐन पारित गर्ने चरणमा सरकार रहेको बताउँदै विराटनगरलाई पनि विकास प्राधिकरण जरुरी भएको औंल्याउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web