केही सांसदले भने-‘जनता सिटामोल नपाउने र उपचार नपाएर मर्नु पर्ने सुजातालाई ५० लाख’

कार्तिक २९, २०७३ मा प्रकाशित | 726 views

२९ कार्तिक, काठमाडौं ।
व्यवस्थापिका संसदको आजकको बैठकमा संसदहरुले समसामयिक नागरिकका चासोका विषयमा संसद मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

संसदहरुले सरकारले पूर्व विशिष्टहरुलाई उपचारका लागि उपलब्ध गराउने रकम जनताको भावना, लोकतन्त्र तथा संविधानको भावना विपरित र विभेदपूर्ण रुपमा भैरहेको भन्दै यस्तो निर्णय रोक्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसदहरु, प्रकाश ज्वाला, दिलनाथ गिरी, मिना पुन, अनुराधा थापामगर लगायतले जनता सिटामोल नपाउने र उपचार नपाएर मर्नु पर्ने अवस्था रहिरहेका वेला पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालालाई उपचारका लागि ५० लाख दिने दिने निर्णय गलत भएको भन्दै त्यो निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद सिपी मैनालीले सत्तामा टिक्न र सत्तामा जानका लागि हचुवाका भरमा संविधान संशोधन गर्नु देशका लागि घातक हुने भन्दै दलहरुको प्रतिनिधि रहने गरी उच्चस्तरिय समिति बनाएर छलफल गरी सवैको सहमतिमा संविधान संशोधन प्रक्रियामा अगाडी बढ्नु पर्ने बताउनु भयो ।

बैठकमा संसदहरुले सरकारको सय दिन पुरा हुदा समेत उपत्यकामा नै रहेका भुकम्पपिडितले अनुदान पाउन नसक्नु र भुकम्प प्रभावित १७ जिल्लाका पिडितको तथ्याङक संकलन समेत हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।

यसैगरी संसदहरुले किसानहरुले धानको उचीत मुल्य पाउन नसकेको र वजारको व्यवस्था नभएकोे विषयमा पनि संसदमार्फत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

यसैबीच वैठकको शुरुमै मधेशीमोर्चा र संघीय गठवन्धनमा रहेका दलहरुले संविधान संशोधन लगायतका आफ्ना माग सरकारले पुरा नगरेको भन्दै संसद बैठक बहिष्कार गरेका छन् ।

बैठकको शुरुमा बोल्दै सद्भावना पार्टीका नेता एवं सासंद लक्ष्मण लाल कर्णले कार्तिक मसान्तसम्म सरकारले संविधान संशोधन लगायतका आफुहरुका माग सम्बोधन नगर्ने हो भने आन्दोलनमा जाने बताउदै संसद विहष्कार गरेको घोषणा गरे । त्यस लगत्तै मधेशी सांसदहरु संसदबाट हिँडेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web