२६ कार्तिक, सुर्खेत ।
दैलेखबाट काठमाडौं जाँदै गरेको बस आज सुर्खेतमा दुर्घटना भएको छ ।

दैलेख –सुर्खेत सडकखण्डको कपासे नजिकै ना ५ ख ४४९१ को नम्बरको बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् ।

घाईतेको स्थानीय नर्सिङ्ग होममा उपचार भईरहेको छ ।

घटना लगतै दुर्घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले अरोलो सकडमा ब्रेक फेल हुँदा बस दुर्घटना भएको बताउनु भयो ।

दैलेख सडकखण्ड अवरुद्ध हुँदा ५० बढी सवारी साधान रोकिएका छन् ।

अहिले अवरुद्ध सडक खुलाउन यातायात व्यवसायी, प्रहरी र स्थानीय बासिन्दा लागेको प्रहरीको भनाइ छ ।

19.12¡ÆC