अटेरी कार्की तारेख बुझ्न समेत गएनन्

कार्तिक २०, २०७३ मा प्रकाशित | 701 views

२० कार्तिक, काठमाडौं ।
सर्वोच्च अदालतमा परेको योग्यतासम्बन्धी मुद्दामा म्याद तामेलीमै अवरोध पुर्‍याएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका  निलम्बित प्रमुख लोकमानसिंह कार्कीले तारेख बुझ्न पनि अटेर गरेको खबर आजको नागरिक दैनिकमा छापिएको छ।

सर्वोच्च र कार्कीको निवास आधाघन्टाको दुरीमा छ तर कार्की तरेख बुझ्न अदालतमा हाजिर हुनुपर्ने अवधिभित्र गएनन्। कार्कीको मुद्दामा कात्तिक १ गते म्याद तामेल भएको थियो। त्यसको १५ दिनभित्र उनी वा उनको वारेस अदालतमा हाजिर हुनुपर्थ्यो।

त्यसअनुसार कात्तिक १६ गतेसम्म कार्कीका तर्फबाट अदालतमा  उपस्थित हुनुपर्थ्यो। उक्त मितिमा सार्वजनिक विदा भएकाले कार्याय खुलेको दिन अर्थात कात्तिक १७ गते उनी वा उनको वारेस अदालत आउनुपर्थ्यो। तर कार्की त्यसको वेवास्था गर्दै अख्तियारको सरकारी निवासमा बस्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web