पुनर्निर्माणमा सघाउन गोरखा भच्चेकमा सहायता केन्द्र

बैशाख २१, २०७३ मा प्रकाशित | 881 views

२४ चैत, गोरखा ।
भूकम्पले भत्किएका गाउँ, बस्ती पुनर्निर्माणमा सघाउन गोरखाको हंशपुर गाबिसस्थित भच्चेक बजारमा सहायता केन्द्र स्थापना भएको छ । पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाले मंगलबार स्थापना गरेको केन्द्रबाट आजदेखि भूकम्पपीडितले सेवा लिन सुरु गरेको निमित्त उपक्षेत्रीय प्रमुख गुणराज भट्टराईले बताए ।

गोरखा पुनर्निर्माणको प्रक्रिया हंशपुर गाबिसबाट सुरु गरिएको छ । गाउँमा राष्ट्रिय बाणिज्य बैंकको शाखा भएकाले पुनर्निर्माणको प्रक्रिया सुरु गर्न सहज भएको भट्टराईको भनाइ छ । सार्वजानिक गरिएको नामावलीमा नाम परेकाहरुले धमाधम बैंक खाता खोल्दै आएका छन् । बैंक खाता खोल्न भच्चेकस्थित रा.बा. बैंकमा भूकम्पपीडितको घुइँचो लागेको हो ।

अनुदान रकम पाउने लाभग्राहीले बैंक खाता खोलेपछि पहिलो किस्तावापतको अनुदान चैत्र २८ गते पाउँछन् । लाभग्राही र गाबिस सचिवबीच सम्झौता भएपछि अनुदान रकम खाता मार्फत् पीडितले पाउने ब्यबस्था मिलाइएको भट्टराईले जानकारी दिए ।

यसैबीच पुनर्निर्माणको चरणमा अनुदान, ऋण कसरी पाउने भन्ने प्रक्रियाबारे भूकम्प पीडितलाई जानकारी दिइएको छ । पुनर्निर्माण प्राधिकरणका सदस्य हरिराम पराजुली नेतृत्वको समूहले हंशपुरमा अन्तरक्रिया गरी प्रक्रियाबारे पीडितलाई जानकारी गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web