
१२ कार्तिक, रुपन्देही ।
रुपन्देहीको देवदहमा एक सुत्केरी महिलाको हत्या भएको छ ।
लुटेराहरुको आक्रमणबाट रुपन्देही देबदह–२ ढेकार स्थित हजुरियाटोल बस्ने २२ बर्षीया नमकला पाण्डेको मृत्यु भएको हो ।
घरको आफ्नै कोठामा २ महिनाकी छोरी सहित सुतिरहेको अवस्थामा आक्रमणकारीहरुले उनलाई कुटपिट गरी सुनको टप, मंगलसुत्र थान १, औंठी ३ थान गरी अंदाजी ५ तोला बराबरको सुनको गरगहना लुटेर भागेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
फरार लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।