लुटेरा समुहद्धारा लुटपाटपछि सुत्केरी महिलाको हत्या

कार्तिक १२, २०७३ मा प्रकाशित | 663 views

१२ कार्तिक, रुपन्देही ।

रुपन्देहीको देवदहमा एक सुत्केरी महिलाको हत्या भएको छ ।

लुटेराहरुको आक्रमणबाट रुपन्देही देबदह–२ ढेकार स्थित हजुरियाटोल बस्ने २२ बर्षीया नमकला पाण्डेको मृत्यु भएको हो ।

घरको आफ्नै कोठामा २ महिनाकी छोरी सहित सुतिरहेको अवस्थामा आक्रमणकारीहरुले उनलाई कुटपिट गरी सुनको टप, मंगलसुत्र थान १, औंठी ३ थान गरी अंदाजी ५ तोला बराबरको सुनको गरगहना लुटेर भागेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

फरार लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web