१२ कार्तिक, काठमाडौं ।
नेताहरुले हिँडेको पाइलाको पनि भत्ता पाउने र बिदेश गएपनि नेता भत्ता बाड्नेगरि नयाँ ऐन प्रस्ताव गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेताहरुलाई बिकास निर्माणमा जोड्ने भाषण गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा ९माओवादी केन्द्र० का नेताहरुलाई विकास र जनसेवामा जोड्ने गरी गाउँ–गाउँमा पठाउन लागेको बताएका छन् ।

पार्टी निकट मोर्चा तथा जनवर्गीय संगठनहरुका प्रमूखहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले सरकारले पुरक बजेट ल्याएर भएपनि जनताका आकांक्षा सम्बोधन गर्ने कोशिस गरिरहेको र नेताहरुलाइ कार्यक्रम बनाएर गाउँ गाउँमा जान निर्देशन दिने बताए ।

भेटमा प्रधानमन्त्रीले गरीबका लागि सरकार कार्यक्रम, युवा स्वरोजगार र जनता पेन्सन कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्रीले एउटा तप्का सरकारले जतिसुकै राम्रो गरेपनि विरोध गर्ने नियतसहित लागेकाले त्यसबाट भ्रमित नहुन र सरकारका सकारात्मक कामको स्वामित्व लिने गरी काम गर्न नेताहरुलाई आग्रह गरे ।

18.12¡ÆC