११ कार्तिक, न्युयोर्क ।
अमेरिकी सरकारले यहाँ रहेका नेपाली आप्रवासीहरुलाई अध्यागमन सम्बन्धि अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’, 'टिपीएस' को सुविधालाई थप डेढ वर्षका लागि नवीकरण गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ।

‘अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ को सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिका अनुसार आगामी वर्षको जुन २४ सम्म यो सुबिधा बढाइएको हो ।

गत वर्षको महाभूकम्पलाई मध्यनजर गर्दै अमेरिकी सरकारले यहाँ रहेका आप्रवासीहरुलाई गत वर्षको जुन २४ मा पहिलोपटक टिपीएसको सुविधा प्रदान गरेको थियो ।

सुविधाको अवधि आगामी डिसेम्बरमा समाप्त हुने गइरहेको पृष्ठभूमिमा मंगलबार अवधि नविकरण गरिएको हो ।

25.12¡ÆC