दुई पटक भारत गइसकेका प्रचण्डको सिरहावासिलाई आश्वासन-‘छिट्टै आउनेछु’

कार्तिक ९, २०७३ मा प्रकाशित | 824 views

९ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्रीको सपथ खान नपाउँदै भारत भ्रमणको योजना र मिति तय गर्दै दुई पटक भारत भ्रमणमा गइसकेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाका जनतालाई सम्बोधन गर्न आफू छिटै सिरहा आउने आश्वासन दिएका धन् ।

जिल्लाका विकास निर्माण र जनचासोका विषयहरु लिएर आएको सिरहाको सर्वदलीय एवं सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले छिटै सिरहा आउने बताएका हुन् ।

प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भने ‘म प्रधानमन्त्री भएपछि उपत्यका बाहिरको पहिलो कार्यक्रम सिरहामा नै बनाएको थिएँ । सिरहाका जनता उर्लेर आएको मैले जानकारी पाएको थिएँ । तर, मौसमका कारण जान सकिनँ, मलाई पनि निकै नमीठो लागेको छ । अब समय लिएर छिटै सिरहाका जनता भेट्न आउनेछु ।’

भेटमा प्रधानमन्त्रीले आफूले निर्वाचनका बेला सिरहामा गरेको बाचा नभूलेको भन्दै सिरहाको विकास, निर्माणका लागि सरकारको तर्फबाट सम्भव सहयोग हुने आश्वासन दिए ।

प्रधानमन्त्रीले कृषि क्याम्पस, मेडिकल कलेज, सडक, खानेपानी लगायतका विषयलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने समेत बताए ।

भेटमा सिरहाको प्रतिनिधि मण्डलले विकासका दृष्टिले सिरहा पछाडि परेको भन्दै नदी नियन्त्रण, सर्पदंशको उपचारका लागि अत्याधुनिक अस्पताल, बाल अस्पताल, सडक निर्माण र मर्मत, हुलाकी राजमार्ग लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web