एमालेको निस्कर्ष-‘राष्ट्रियता, अखण्डता र स्वाधीनतामा आँच पुग्ने प्रस्ताव अमान्य’

कार्तिक ४, २०७३ मा प्रकाशित | 732 views

४ कार्तिक, काठमाडौं ।
प्रमुख विपक्षी दल नेकपा ९एमाले०ले मुलुकको राष्ट्रियता, अखण्डता र स्वाधीनतामा आँच पुग्ने कुनै पनि संविधान संशोधनसम्बन्धी प्रस्ताव मान्य नहुने निष्कर्ष निकालेको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा हिजो बसेको एमाले संसदीय दलको बैठकले मुलुकको आवश्यकता र औचित्यबिना संविधान संशोधन गर्न नहुने निष्कर्ष निकालेको एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो ।

एमालेले आफू नेतृत्वको सरकारका पालामा मुलुक र जनताका पक्षमा भएका काम, सामाजिक कल्याणकारी बजेट र नीति तथा कार्यक्रमका बारेमा तिहारपछि देशव्यापी जनचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

साथै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारतको गोवामा आयोजित बिम्स्टेक सम्मेलनमा सहभागिता, संसद्लाई हिजो गर्नुभएको सम्बोधनका सम्बन्धमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web