४ कार्तिक, काठमाडौं ।
यसअघि सम्म नेताहरुले कुनै जिल्ला वा ठाउँको भ्रमण गर्दा सवारीसाधन या भनौं यातायात खर्च पाएको छ सुनेकै हो । तर अब हिँडेको पनि भत्ता पाउने भएका छन् । रोचक कुरा त के भने यो नियम आफ्नो लागि सांसदहरु आफैंले बनाएका हुन् ।

यस्तै नेताहरुले बिदेश गएपनि अबदेखी नेता भत्ता पाउने भएका छन् । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धी ऐन संशोधनका लागि बनेको विधेयकले सांसदहरुलाई हिँडेको पनि भत्ता पाउने गरि ‘पैदल भत्ता’ को व्यवस्था गरेको छ ।

कानुन मन्त्रालयबाट प्रस्तावित उक्त विधेयकले सांसदहरुलाई विभिन्न १८ वटा शीर्षकमा आर्थिक सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । त्यसमध्ये १४ नम्बर सूचीमा ‘पैदल भ्रमण भत्ता’ समेत पाउने उल्लेख गरिएको छ ।

नयाँ नियम अनुसार अब सांसदले जति हिँड्यो त्यति पैसा पाउने छन् । सांसदहरुलाई सुविधा उपलब्ध गराउने सम्बन्धी विधेयकअनुसार अब सांसदहरुले एक कोष हिँडेको २५ रुपैयाँका दरले पाउनेछन् ।

प्रचण्ड नेतृत्वको सरकारले सांसदहरुलाई खुशी बनाउन यस्तो नियम बनाएको हो ।

प्रस्तावित विधेयक व्यवस्थापिका संसदले जस्ताको त्यस्तै पारित गरेमा सभामुख ओनसरी घर्तीको पैदल यात्राको मूल्य सबैभन्दा महंगो हुनेछ । घर्तीले एक कोष हिँडे ३० रुपैयाँ पाउनेछिन् ।

प्रमुख विपक्षी दल वा अन्य सांसदहरुले भने ५ रुपैयाँ कम अर्थात प्रतिकोष २५ रुपैयाँका दरले पैदल भत्ता पाउनेछन् ।

व्यवस्थापिका संसदमा ऐनको रुपमा प्रस्ताव भइसकेको विधेयकले अर्को अनौठो सुविधा प्रस्ताव गरेको छ । अब सरकारले नै सांसदहरुलाई ‘नेता भत्ता’ दिने प्रस्ताव गरेको हो ।

विधेयकको व्याख्यात्मक टिप्पणीको १० नम्बरमा ‘पदाधिकारी वा सदस्यले प्रतिनिधिमण्डलको नेताका रुपमा विदेश जाँदा थप भूमिका समेत निर्वाह गर्नुपर्ने हुनसक्ने भएकाले प्रस्तुत व्यवस्था गरिएको ।’ भनेर भत्ता दिइएको छ ।

मिल्ने र सकेसम्म शिर्षक बनाएर प्रचण्ड सरकारले सांसदहरुलाई भत्ता दिने नियम बनाएको छ । यसबाट भूकम्पपछि गोठ र छाप्रामा रात बिताइरहेका जनताको लागि प्रचण्ड सरकार कति चिन्तित रहेको भनेर अन्य विषय खोजिरहनु नपर्ने बनाइदिएको छ ।

17.12¡ÆC