सांसदको तलब बढाएर महिनाको ५५ हजार बनाईदै, घरभाडा, बिजुली लगायत खर्च छुट्टै

कार्तिक ३, २०७३ मा प्रकाशित | 784 views

३ कार्तिक, काठमाडौं ।
भूकम्प पीडितहरुले दुई बर्ष हुन लाग्दा समेत अझै राहत नपाइरहेका बेलामा सांसदहरुले भने आफ्नै तलब बढाउने प्रक्रिया अघि बढाएका छन् । यसका लागि सरकारले संसदमा विधेयक समेत दर्ता गराएको छ ।

सरकारले सांसदहरुको सेवा सुविधा बढाउने सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ ।

वार्षिक बजेटले बढाएअनुसारको सेवा सुविधा हेरफेर गरी मंगलबार कानुन मन्त्रालयले विधेयक संसद सचिवालयमा दर्ता गराएको छ ।

सांसदहरुको सेवा सुविधा सम्बन्धी २०५२ सालको ऐन पहिलो पटक संशोधन हुन लागेको हो ।

सरकारले यसअघि सेवा सुविधा राजपत्रमा सूचना प्रकाशित गरी हेरफेर गर्दै आएको थियो । कानुनी रुपमा सुविधा बढाउने गरी पहिलोपटक विधेयक ल्याइएको हो ।

विधेयक अनुसार अब सांसदहरुको मासिक तलब ५५ हजार हुनेछ । मासिक तलब बाहेक घरभाडा, सचिवालय खर्च, धारा, पानी बिजुलीको रकम पनि सांसदहरुले पाउनेछन् ।

सांसदहरुको तलब बढाउनुपर्ने माग गर्दै यसअघि संसद बैठकमै विशेष समय लिएर नेपाली काँग्रेसका सांसदहरुले गएको साउनदेखीकै तलब भत्ता बढाउन माग गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web