काठमाडौं,कात्तिक २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले सर्वोच्च अदालतले मुद्दा तामेलीको प्रयास गरिरहेका बेला क्यानडाबाटै थप १० दिन विदा स्वीकृत गराएका छन् । कार्की असोज ३ गते एउटा कार्यक्रममा सहभागी हुन भन्दै क्यानडा गएका थिए । पहिलो चरणमा असोज २१ गतेसम्मको विदा स्वीकृत गराएर क्यानडा हिँडेका कार्कीले दशैं विदा सकिएको भोलिपल्टै असोज २८ गतेदेखि ३० गतेसम्म थप दुई दिनको विदा स्वीकृत गराएका थिए ।

प्रमुख आयुक्त लोकमान सिंह कार्कीत्यसपछि कार्कीले पुनः कात्तिक १ देखि १० गतेसम्म विदा मागेको र राष्ट्रपति कार्यालयले विदा स्वीकृत समेत गरिसकेको राष्ट्रपतिको कार्यालय स्रोतले बताएको छ ।

क्यानडामा रहेका कार्कीले विदा स्वीकृत गराउन पठाएका हरेक पत्र आयोगको लेटरहेडमा रहेको पनि राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ । तर क्यानडामा भएका व्यक्तिले कसरी आयोगको लेटरप्याडमा विदा फारम भरे भन्ने सन्दर्भमा भने राष्ट्रपति कार्यालय स्रोतले बताउन चाहिरहेका छैनन् । दशैं विदामा बसेका कार्कीले असोज २८ गतेदेखि ३० गतेसम्म भैपरि विदा भन्दै स्वीकृत गराएका थिए । उनले पुनः कात्तिक १ देखि १० गतेसम्म घर विदा स्वीकृत गराएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको हो ।

15.25¡ÆC