काठमाडौं,कात्तिक २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्ति विरुद्ध परेको मुद्दाको पुनरावलोकन मुद्दा तामेल भएको छ। कार्कीको घरमा म्याद तामेल भैसकेको सर्बोच्च अदालतका तमेलदारले प्रशासनलाई प्रतिबेदन बुझाएका छन्।

म्याद तामेल गर्न तामेल शाखाका प्रमुख हिरण्यराज भण्डारी र तामेलदार महेश ढकाल लागयतका व्यक्ति खटिएका थिए। उनीहरुले वडा सचिव सरिता राईको रहोबरमा म्याद तामेल भएको प्रतिवेदन सर्वोच्चमा दिएका हुन्। योसँगै कार्कीले लिखित जवाफ दिने समय १ गतेबाट सुरु भएको छ।

वडा सचिवलाई रहोवरमा राखेर तामेल गरेको तामेलदारले प्रतिबेदन दिएका सर्बोच्च अदालत श्रोतले जनाएको छ। सोमबार बिहान बानेश्वर हाइटस्थित लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएका सर्वोच्च अदालतका कर्मचारीलाई त्यहाँ उपस्थित करिब १ दर्जन युवाहरूको समूहले म्याद टाँस्न नदिएपछि सर्वोच्च अदालतका दुई तामेलदार म्याद नटाँसी फर्किएका थिए। म्याद टाँस्न असफल भएपछि उनीहरु वडासचिवको सहयोग लिन वडा कार्यालय गएका थिए।

17.02¡ÆC