१२ औ विकास रनिङ शिल्ड फुटवल नकआउट प्रतियोगिता आजदेखि नारायणगढको क्याम्पाचौरमा

कार्तिक १, २०७३ मा प्रकाशित
Published at 2016-10-17

711 views

१ कार्तिक, चितवन ।
१२ औ विकास रनिङ शिल्ड फुटवल नकआउट प्रतियोगिता  आजदेखि नारायणगढमा सुरु हुँदैछ । नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको उद्घाटन शिक्षा मन्त्री धनीराम पौडेलले आज दिउँसो १ बजे गर्ने कार्यक्रम रहेको छ । यस्तै उद्घाटन खेल दिउँसो साँढे २ बजे चितवन ११ र कैलाली ११ बीच हुँर्दैछ ।

१६ वर्ष पछि हुन लागेको प्रतियोगितामा भारतका ४ सहित  १५ वटा टिम सहभागि हुँदैछन् । युनाइेट क्लव सिवान, युनाइटेड खर्साङ फुटबल क्लव, एपेक्स फुटबल क्लव कालिमपोङ र सिक्किम ११ सहभागि हुदैछन् । यस्तै चितवन ११, हिमालयन युथ क्लब कैलाली, झापा ११, मोरङ फुटबल क्लब, सहारा क्लब, हिमालयन शेर्पा क्लब,  संकटा क्लब, नेपाल प्रहरी बल, शसस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङदी  क्लव सहभागि हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख रुपौयाँ, ट्रफी र मेडल पाउनेछन् ।  प्रत्येक  दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई १०÷१० हजार नगद पुरस्कार दिइनेछ । त्यस्तै  फेयर प्ले अर्वाडको रुपमा ट्रफिसहित २५ हजार नगद प्रदान गरिनेछ भने म्यान अफ टुर्नामेन्टको रुपमा नगद २५ हजार र सर्वाधिक गोलकर्ताले १५ हजार नगद पुरस्कार पाउनेछन् ।

क्याम्पाचौर खेल मैदानलाई खेलाडी एवं दर्शक मैत्री बनाउन ३ हजार दर्शक अट्ने प्याराफिट समेत निमार्ण गरिएको छ ।  यस्तै प्रतियोगिता संञ्चालन गर्नको लागि ६७ लाख ४३ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको आर्थिक उपसमितिका संयोजक उत्तमलाल चुकेले जानाकारी दिनुभयो । उहाँले यो प्रतियोगिताबाट प्रतिभाशाली खेलाडीहरुको खोज गरी प्रशिक्षण दिँदै शिक्षाको अवसर दिलाइ फुटवल एकेडेमीको स्थापना गर्ने लक्ष्य रहेको बताउनुभयो ।

२०३१ साल बाट सुरु भएको यो प्रतियोगिता राजनिति, आर्थिक तथा सुरक्षाको कारण नियमित रुपमा गर्न नसकिएको विकास शिल्ड समिति नारायणगढका अध्यक्ष श्यामकुमार पियाले जानाकारी दिनुभयो । यो प्रतियोगिताले खेलकुदको मध्यमबाट उद्योग, व्यवसाय र आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग विका शिल्ड समितिका सचिव लक्ष्मिचरण श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिताको मुख्य प्रायोजक टुर्वोक रहेको छ । आयोजकले छ वर्ष सम्म प्रतियोगिता सञ्चालन गर्नको लागि टुवोर्ग संग सम्झौता गरेको छ । खेल अवलोकन गर्नका लागि दर्शकल आज  दिउँसो १२ बजे टिकट लिन सक्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.