शशांकले सरकार परिवर्तन कसरत पुष्टिगर्दै बोले सरकार परिवर्तनले समस्या समाधान हुदैन

अशोज २९, २०७३ मा प्रकाशित | 985 views

२९ असोज, चितवन ।
केपीशर्मा ओली नेतृत्वको सरकार ढालेर पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै बलमा प्रधानमन्त्री बनाएको नेपाली काँग्रेस सरकार गठनको तीन महिना नबित्दै सरकार फेर्ने कसरतमा लागेको छ ।

पार्टी सभापती रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेगरि भित्रभित्रै तयारी थालेको काँग्रेसको आन्तरिक कुरालाई पुष्टि हुनेगरि महामन्त्री शशांक कोइरालाले सरकार  परिवर्तनले अहिलेको समस्या समाधान नहुने बताएका छन् ।

सरकार परिवर्तनको लागि काँग्रेसले कुनै प्रयास नगरेको भए यसबारेमा बोल्न वा धारणा व्यक्त गरिरहन आवश्यकनै नरहेको भएपनि कोइरालाले यस्तो बताएका हुन् ।

नेपाली काँग्रेस समर्थक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन चितवनले गरेको भेटघाटमा बोल्दै कोइरालाले अहिलेको मुाघ र माग बुझेर अघि बढ्नुपर्ने बताए ।

कोइरालाले भने-“अहिलेको मुख्य इस्यु के हो ? मधेशीको जायज माग कुन हो ? कुन होइनन, दलहरु मिलेर बुझाएर जानु पर्छ ।'

महामन्त्री कोइरालाले भने-'यही ४ गतेनै कांग्रेसले केन्द्रीय समितिको बैठकबाट मधेशी दलहरुको कुन कुरामा सहमत हुने र कुनमा नहुने टुंगो लगाउनेछ ।'

कोइरालाले संविधान कार्यन्वयनको लागि ३ वटा चुनाव भएपछि मात्रै संभव हुने बताउंँदै संविधान शंशोधन गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए । उनले प्रदेशको सीमांकनमा समेत हेरफेर हुन सक्ने धारणा सो अवसरमा व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web