स्थानीय तह निर्वाचनको सुरक्षा तयारी पूरा-गृह मन्त्रालय

चैत्र १६, २०७३ मा प्रकाशित
Published at 2017-03-29

336 views
काठमाडौं । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए । उनले केन्द्रीय तहमा सुरक्षा योजना बनिसकेको साथै क्षेत्रीय र जिल्ला तहमा सुरक्षा योजना बनिरहेको जानकारी दिए । निर्वाचनमा नेपाली सेनाको नेतृत्वमा भित्री घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाल प्रहरीलाई खटाउने निर्णय सरकारले गरेको छ । उन्नाइस वर्षपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनले ३६ हजार जनप्रतिनिधि चयन हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.