‘फूलैफूलको मौसम तिमीलाई’ ले जापानबाट ५ लाख उठायो

बैशाख २१, २०७३ 2016-05-03 मा प्रकाशित
Published at 2016-05-03

1049 views

२१ चैत, टोकियो ।
चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ ले जापानमा पाँच लाख बढी रकम संकलन गरेको छ ।

जापानको टोकियोमा भएके प्रदर्शनबाट उठेको रकम मध्ये २ लाख ५६ हजार ६९७ जापानी येन चलचित्रका निर्देशक दिनेस डिसीलाई हस्तान्तरण गरिएको छ ।

टोकियोको सोलमारीस्थित नेपाली मुरा हल शिन ओकुबोमा म नेपाली ग्रुप जापानकी संयोजक स्मृति आचार्यले निर्देशक डिसीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।

शनिबार नै उक्त चलचित्रको दोस्रो च्यारिटी शोको आयोजना गरिएको थियो । सोही कार्यक्रममा रकम हस्तान्तरण समेत गरिएको हो ।

यसअघि मार्च २७ तारिखका दिन गरिएको प्रदर्शन र आज अप्रिल २ तारिख शनिबार अन्तरक्रिया तथा डकुमेन्ट्री प्रदर्शनका क्रममा उठेको रकम समेत हस्तान्तरण गरिएको हो ।
प्रदर्शनमा कुल ५ लाख ३८ हजार ६९७ जापानी येन संकलन भएकोमा १ लाख ९८ हजार खर्च कटाएर बाँकी रहेको रकम हस्तान्तरण गरिएको हो ।

झोलुङ्गे पुल निर्माणका लागि थप सहयोगी दाताबाट उठ्न वाँकी रहेको ८४ हजार दोश्रो चरणमा हस्तान्तरण गरिने ग्रुपकी संयोजक आचार्यले बताईन् । सो रकम २ हप्ता भित्र निर्देशक डिसीलाई हस्तान्तरण गरिनेछ ।

चलचित्र प्रदर्शनबाट उठेको उक्त रकम नेपालको धादिङ जिल्लाको मझुवामा तुइनबाट विद्यालय जाने बालबालिकाहरुका लागि झोलुङ्गे पुल निर्माण गर्न खर्च गरिने निर्देशक डिसीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.