ट्रक चालकलाई कुटपिट गरी सिसा तोडफोड गर्ने समुह पक्राउ

भदौ ३१, २०७३ मा प्रकाशित | 682 views

३१ भदौ, भक्तपुर ।
ट्रक चालकलाई कुटपिट गरी ट्रकको अगाडीको सिसा तोडफोड गर्ने चाँगुनारायण नगरपालिका–११ दुवाकोट बस्ने २५ बर्षीय लक्ष्मण रोक्का सहित ५ जनालाई प्रहरीले २ वटा मोटरसाइकल सहित पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका उनीहरुले गएराति दुवाकोट स्थित नेपाल इन्जिनियरिङ कलेज नजिक सडकमा बा.२ ख. ४३७६ नम्बरको ट्रक रोकी चालक रामेछाप घर भई हाल सोही ठाउँ बस्ने १९ बर्षीय पर्बत खड्कालाई कुटपिट गरी घाइते बनाउनुका साथै ट्रकमा ढुंगा प्रहार गरी अगाडीको शिसा तोडफोड गरेका थिए ।

घाइते खड्का उपचार पश्चात घर फिर्ता भएका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web