भूकम्प पीडित परिवारका लागि ८ लाखसम्मको प्याकेजदिने प्रधानमन्त्रीको घोषणा

भदौ २३, २०७३ मा प्रकाशित | 773 views

<p><span style="line-height: 1.42857;">काठमाडौं,भदौ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प पीडित परिवारका लागि ८ लाखसम्मको प्याकेज दिने घोषणा गरेका छन् । प्रधानमन्त्री भएको एक महिनापछि बिहीबार पहिलो पटक संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्पपीडितलाई पहिलो किस्ता दिने कामले तीव्रता पाएको बताउँदै पीडितलाई ८ लाखसम्म राहत प्याकेज दिने बताएका हुन् । प्रचण्डले आफू प्रधानमन्त्री हुनु अघि झण्डै ४० हजारले मात्र पाएकोमा अहिले ३ लाख १९ हजार पुगेको बताए। भूकम्प पीडितलाई घर निर्माणका लागि दिने भनिएको २ लाख अनुदान अपर्याप्त भएको भन्दै प्रधानमन्त्री प्रचण्डले एक लाख थप्ने घोषणा गरेका छन्। यस्तै सामूहिक जमानीमा ३ लाख निव्र्याजी ऋण दिइने प्रधानमन्त्रीले संसदलाई जानकारी गराएका छन् ।</span><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web