नुवाकोटमा खोलामा पौडी खेल्दा युवक वेपत्ता

भदौ २०, २०७३ मा प्रकाशित | 1038 views

२० भदौ, नुवाकोट ।
नुवाकोटको तादी खोलामा पौडी खेल्दा एक युवक खोलाले बगाएर वेपत्ता भएका छन् ।

प्रहरीका अनुसार चारघरे गाविस–६ घर भएका कृष्णबहादुर तामाङलाई सोमबार दिउँसो पौडी खेलिरहँदा खोलाले बगाएको हो ।

चारघरे घर भएका तामाङलाई खानीगाउँ गाविस–४ मा तादी खोलामा पौडी खेल्दा खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।

खोलामा पानीको बहाव बढी भएकाले खोज्न समस्या परेको र बेपत्ता तामाङलाई जिवित भेटिने संभावना नरहेको प्रहरीले बताएको छ ।

स्थानिय र प्रहरीले बेपत्ता तामाङको खोजि प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web