युएईमा नेपालीलाई १० करोडको चिठ्ठा, चिठ्ठा परेका रामकृष्ण अझै भेटिएनन्

भदौ २०, २०७३ मा प्रकाशित | 1686 views

२० भदौ, युएई ।
युएईमा बैदेशीक रोजगारीमा गएका एक नेपालीले चिठ्ठामा १० करोड रुपैयाँ जितेका छन् ।

संयुत्त अरव इमिरेट्स युएईको आबुधाबीमा कार्यरत नेपाली नागरिक रामकृष्ण भण्डारीले भाग्यदय चिठ्ठामा १० लाख अमेरिकी डलर अर्थात् १० करोड ७० लाख नेपाली रुपैयाँ जितेका हुन् ।

युएईमा सञ्चालित बिग टिकट भाग्य चिट्ठामार्फत पहिलो पुरस्कारमा यतिधेरै रकम जितेका भण्डारीको विस्तृत परिचय भने खुल्न सकेको छैन ।

सोही चिठ्ठामार्फत दार्जिलिङ स्थायी ठेगाना भएका नेपाली मुलका भारतीय नागरिक अङ्गतकुमार कर्कचन्द्र राईले नवौ पुरस्कार स्वरुप ५ हजार अमेरिकी डलर जितेको चिठ्ठाको आधिकारीक वेवसाइटमा उल्लेख छ ।

सेप्टेम्बर ५ मा लक्की ड्रमार्फत खोलिएको चिठ्ठामा उनीहरु विजेता बनेका हुन् ।  सार्वजनिक नतिजा अनुसार १० जना भारतीय, २ जना फिलिपिनो , १ पाकिस्तानी एक जना जिम्बावेका नागरिकले समेत चिठ्ठा जितेका छन् ।

उक्त वेवसाइटले यसअघि जितेका बिजेताको तस्विर राखेपनि यसपटकका पहिलो पुरस्कार जितेका रामकृष्ण सम्पर्कमा नआइसकेकाले विस्तृत विवरण राखिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web