झापामा ११ वटा मोटरसाईकल चोरी

भदौ २०, २०७३ मा प्रकाशित | 789 views

२० भदौ, झापा ।
चार्डपर्व नजिकिएसंगै झापाका मुख्य बजारमा चोरी बढेको छ । त्यसमा पनि मोटरसाइकल चोरी हुने क्रम अधिक रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रहरीका अनुसार गत साउन ४ गतेबाट बिर्तामोड र सुरुङ्गा बजार क्षेत्रबाट मात्रै ११ वटा मोटरसाइकल चोरी भएका छन् । चोरी भएका मोटरसाइकल मध्ये ५ वटा पल्सर र दुई वटा वुलेट छन् ।   डेढ महिनाको अवधिमा ११ मोटरासाइकल चोरी भएपछि प्रहरीलाई खोजीकार्यमा अहिले मुख्य समस्या बनेको छ ।

प्रहरीले चोरीएका मोटरसाइकल मध्ये ३ वटा सवारी चेकजाँचका क्रममा  मोटरसाइकल फेला पारी सवारीधनीलाई जिम्मा लगाएको छ भने दुई वटा अनुसन्धानको क्रममा छन् ।

मोटरसाइकलसंगै  सार्वजनिक यातायातमा पकेट मार्ने क्रमपनि बढेको छ । चार्डपर्वको समयमा सार्वजनिक सवारीमा खचाखच हुँदै यात्रा गर्नुपर्ने यात्रुको वाध्यतालाई फाइदा उठाउदै पकेटमारले यात्रुहरुको पकेट मार्ने गरेका छन् ।

कतिपय यात्रुको पर्स,मोवाइल, गहरगहना चोरिएपछि वेर्खची बनेर वाटैमा अलपत्र पर्ने गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web