१६ भदौ, काठमाडौं ।
कतार सरकारले आज 'बिहीबार' देखि अवैधरुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिन थालेको छ ।

कतारको आन्तरिक मन्त्रालयले ३ महिनाको अवधि तोकेर आजबाट अवैध बिदेशी कामदारहरुलाई आममाफी दिन सुरू गरेको हो ।

बिहीबारदेखि सुरु भएको आममाफीको प्रक्रिया डिसेम्बर १ सम्म रहनेछ ।

कतार सरकारले यो अवधिमा विभिन्न कारण करार सम्झौता भएका कम्पनी छाडेर अरु नै ठाउँमा काम गर्दै आएका अबैध कामदारलाई प्रक्रिया पुरा गरेर स्वदेश फर्किन दिने छ ।

कतारको गृह मन्त्रालयले अवैध रुपमा बसिरहेका आप्रवासी कामदारलाई स्वदेश फर्कन सजिलो बातावरणको लागि यो निर्णय गरेको बताएको छ ।

कतारमा दशौं लाखको संख्यामा अवैध विदेशी कामदार कार्यरत रहेको बताइन्छ ।
कतार सरकारको निर्णय अनुसार स्वदेश फर्कन चाहने विदेशी अवैध कामदारले विना कुनै कारवाही आफ्नो देश फर्कन पाउने व्यवस्था कतार सरकारले गरेको बताएको छ ।

नेपाली कामदारको हकमा कतारमा रहेका अवैध कामदारहरुले आममाफी प्रक्रियाका लागि पासपोर्ट, पासपोर्ट नभए नेपाली दूतावासले जारी गरेको ‘ट्राभल डकुमेन्ट’, टिकट र काम गरिरहेको कम्पनीको आइडीको फोटोकपी बुझाउनुपर्ने बताएको छ ।

अवैधानिक कामदारले कामदार आइतबारदेखि बिहीबारसम्म दिउँसो २ बजेदेखि राति ८ बजेसम्म ९स्थानीय समय अनुसार० सनैयास्थित खोज तथा अनुसन्धान विभाग 'सिआइडी' मा निवेदन दिन सक्नेछन् ।

कतारले आवश्यक प्रक्रिया पुरा गरेर निवेदन दिएको तीन दिनभित्र कतारबाट बिना सजाय स्वदेश फर्किन ‘एक्जिट परमिट’ दिने बताएको छ ।

सन् २०२२ को विश्वकप आयोजना गर्न लागेको कतारले विदेशी कामदारलाई न्युन ज्याला तथा कडा परिश्रम लगाएको देखी स्वास्थ्य र ज्यान जोखिममा पार्ने काम लगाउँदै आएको आरोप खेपिरहेको छ ।

विभिन्न देशले लगाएको आरोप चिर्न अवैध कामदारलाई उनिहरुका देश फर्कन अवसर दिइरहेको कतारले यसअघि सन् २००४ मा यस्तै घोषणा गरेको थियो ।

कतारले सन् २००९ मा लागू गरेको आप्रवासी कामदर समबन्धी कानुन नम्बर ४ अनुसारका कामदारलाई आममाफी दिन लागेको हो । तर यसरी आममाफी पाएर फर्केका कामदार २ वर्षसम्म फेरि कतार छिर्न भने पाउनेछैनन् ।

16.33¡ÆC