प्रधानमन्त्री पुष्पकमल दाहालसँग बेपत्ता छानबीन आयोगकाका पदाधिकारीहरुले आयोगका गतिविधिहरुबारे छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको छलफलमा आयोगले आफुले सम्पन्न गरेको काम, भविष्यका चुनौति लगायत विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउनुका साथै आवश्यक ऐन निर्माणको माग गरेको छ ।

छलफलपछि बेपत्ता छानबीन आयोगका अध्यक्ष लोकेन्द मल्लिकले प्रधानमन्त्रीले आयोगका कुराहरु सुन्नुभएको र आयोगलाई अगाडी बढन आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको सञ्चारकर्मिलाई प्रतिक्र्रिया दिनुभयो ।

आयोगमा हाल आवश्यक जनशक्तिको अभाव र आर्थिक समस्याका भएको पनि आफुहरुले प्रधानमन्त्रीलाई छलफलका क्रममा अवगत गराएको अध्यक्ष मल्लिकले जानकारी दिनुभयो ।

छलफलमा कानुनमन्त्री, महान्याधिवक्ता र कानुन मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको थियो ।

20.87¡ÆC