‘तपाईको माग र भाषा म राम्ररी बुझ्छु’-प्रधानमन्त्री

भदौ १०, २०७३ मा प्रकाशित | 891 views

काठमाडौ,भदौ १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले डा. गोविन्द केसीले उठाएका माग र मुद्धा राम्ररी बुझ्ने बताउनुभएको छ । शुक्रबार बिहान डा. गोविन्द केसीको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको दायित्व राज्यले लिनुपर्छ भन्ने मेरो पनि मान्यता हो । अहिलेको राजनीतिक संस्कार, प्रशासन संयन्त्र र नीति नियमभित्र बसेर सबै कुरा सम्बोधन गर्न त कठिन छ । तर, तपाईले उठाएका माग र भाषा म राम्ररी बुझ्छु र सकेसम्म सम्बोधनको प्रयास गर्छु ।’

प्रधानमन्त्रीले शिक्षा र स्वास्थ्यमा श्रीलंकाको मोडलबाट आफू प्रभावित भएको उल्लेख गर्दै भन्नुभयो, ‘श्रीलंका कुनै समाजवादी, साम्यवादी मुलूक होइन । तर, पनि शिक्षा, स्वास्थ्यमा राज्यको पूर्ण दायित्वको श्रीलंकाको मोडलबाट म प्रभावित थिएँ ।’ प्रधानमन्त्रीले डा. गोविन्द केसीको आन्दोलनले समाजमा नयाँ जागरण ल्याएको र राज्यलाई जागृत गरेको बताउनुभयो ।

भेटमा डा. गोविन्द केसीले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा आफूले पछिल्लो अनसन तोडेको भन्दै मागहरुलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । डा. केसीले दुरदराजमा सुलभ स्वास्थ्य सेवाको प्रबन्ध, सार्वजनिक संस्थानहरुमा क्षमताका आधारमा नियुक्ति, योग्य विद्यार्थीले सर्वसुलभ चिकित्सा शिक्षाको अवसर, माथेमा आयोगको प्रतिवेदनको कार्यान्वयन, राज्यका जिम्मेवार पदहरुमा रहेका व्यक्तिहरुको जिम्मेवारी बोधका लागि आफ्नो आन्दोलन केन्द्रित रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web