बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गरिने

अशोज २०, २०८३ मा प्रकाशित | 1 views

बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गरिने

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि विभिन्न साझेदार सङ्घसंस्था तथा स्थानीय तहसँग मिलेर तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको बैठकले उक्त निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार पुनःनिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघसंस्थालाई आफूले कुन पालिकामा कति सङ्ख्यामा घर बनाइदिने हो, त्यसको जानकारी प्राधिकरणलाई गराउन पनि आग्रह गर्ने निर्णय गरिएको छ ।

बैठकको निर्णयअनुसार सहयोगी संस्थाहरूले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही घर निर्माण गर्नुपर्ने कार्यकारी प्रमुख डा उप्रेतीको भनाइ छ । यसैगरी, बैठकले प्रभावित क्षेत्रका वास्तविक लाभग्राही परिवारको विवरण सङ्कलन गरी कति सङ्ख्यामा घर बनाउनुपर्ने हो त्यसको यकिन गर्न स्थानीय तहलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web