बाढी प्रभावित ३२० परिवारलाई राहत उपलब्ध

अशोज १८, २०८३ मा प्रकाशित | 16 views

बाढी प्रभावित ३२० परिवारलाई राहत उपलब्ध

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ का बाढी प्रभावित परिवारलाई राहत सामग्री प्रदान गरिएको छ। नेपाल मेडिकल एशोसियशन र कोरिया मेडिकल एशोसियसनको संयुक्त पहलमा वडाका तीन सय २० प्रभावित परिवारलाई न्यानो कपडा र आकस्मिक सामग्री वितरण गरिएको हो।

विदुर नगरपालिका र वडा कार्यालयले तयार पारेको विवरणका आधारमा स्थानीय समाजसेवी नारायण प्याकुरेलको सहजीकरणमा सो राहत उपलब्ध गराइएको हो। प्रभावित प्रत्येक परिवारका लागि दुई थान सिरक, दुई थान ज्याकेट, सोलार बत्ती, टोपी र मोजा सहितका सामग्रीहरू वडा कार्यालय मार्फत हस्तान्तरण गरिएको छ।

राहत वितरण कार्यक्रममा कोरिया मेडिकल एशोसियसनको तर्फबाट कोरिया मेडिकल एशोसियसनको तर्फबाट दक्षिण कोरियाको ग्वान्जु (Gwangju) सहरका लागि नेपालका मानार्थ महावाणिज्यदूत (Honorary General Consul of Nepal) डा. सुङ ह्युन जियोन (Dr. Jeon Sung-Hyun),  नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डाक्टर सञ्जिव तिवारी लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यसैबीच, राहत लिएर आएका प्रतिनिधिहरूले विदुर नगरपालिकाको कार्यालय पुगेर नगरप्रमुख राजन श्रेष्ठसँग भेटघाट गरेका छन्। भेटका क्रममा उनीहरूले भदौ १० गतेको बाढीपछि नुवाकोटमा सिर्जित वर्तमान अवस्था, भौतिक क्षति र नागरिकको पुनर्स्थापनाका विषयमा जानकारी समेत लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web