प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा १२ विधेयक पारित

अशोज १७, २०८३ मा प्रकाशित | 8 views

प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा १२ विधेयक पारित

काठमाडौँ । सङ्घीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । चालु अधिवेशनमा संसदका दुवै सदनबाट १२ वटा विधेयक पारित र ११ वटा प्रमाणीकरण भएका छन् ।

गएको वैशाख २८ गतेदेखि शुरू भई १४५ दिनसम्म चलेको प्रतिनिधिसभाको अधिवेशनमा ६८ वटा बैठक बसेका छन् । अधिवेशनको समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदले यस अवधिमा १२ वटा विधेयक पारित गरेको र विपद् व्यवस्थापनसहितका जनसरोकारका विषयमा गम्भीर भूमिका खेलेको जानकारी दिनुभयो । यस अवधिमा ६२ दिनमा ६८ पटक बैठक बसेको संसद सचिवालयले जनाएको छ ।

यो अधिवेशनमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठक समेत गरी कानुन निर्माण र नीतिगत बहसमा संसद केन्द्रित रह्यो । संसदले आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ र सम्पती शुद्धीकरण निवारण तेस्रो संशोधनलगायतका १२ वटा महत्वपूर्ण विधेयक पारित गरेको छ । जसमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् । यसबाहेक २० वटा विधेयक विभिन्न समितिमा विचाराधीन छन् भने केही थप विधेयकहरू प्रक्रियामा रहेका छन् ।

सदनले नीति तथा कार्यक्रम पारित गर्नुका साथै राजश्व र व्ययको वार्षिक अनुमानमाथि विस्तृत छलफल गरी बजेट कार्यान्वयनको बाटो खोलेको छ । त्यस्तै, विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू सभामा पेस भएका छन् । सरकारका विभिन्न मन्त्रीहरूले प्रश्नोत्तरका क्रममा सांसदहरूले उठाएका जनसरोकारका विषयमा जवाफ दिएका छन् ।

जलवायु परिवर्तनको प्रभाव र विपद् व्यवस्थापनका लागि अध्ययन गर्न १५ सदस्यीय विशेष संसदीय समिति पनि गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web